Logo

लक्ष्मी माताको दर्शन गर्दै !वि.सं. २०७६ फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,बिष्णु भगवानको पुजा गर्नाले शुभ हुन्छ,आजको शुभ अंक ५ रहेको छ ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
साझपख सुधार हुनेछ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चोटपटकको सम्भावना छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, जिपारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,आजको शुभ अंक ८ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रोकियाका कामहरु बन्ने छन्,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन तेती राम्रो छैन,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ, महाकाली माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ, शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बैदेशिक यात्रा हुने सम्भावना छ,रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ, गौ माता लाई पुजा गर्नाले शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
Free Logo Business Logo Corporate Logo

प्रतिक्रिया दिनुहोस्