Logo

होली खेले कोरोनाको जोखिम ! सेयर गरौ

कोरोना भाइरसको संक्रमणबाट जोगिन होलीमा रमझम र भीडभाड नगर्न विज्ञहरूले सुझाव दिएका छन्। होलीको दिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ।

तर, एक आपसमा रङ छर्कदा र चिसोपानीमा भिज्दा कोरोना संक्रमणको जोखिम उच्च रहने भन्दै यसबाट सजग रहन सचेतसमेत गराएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन र स्थानीय सरकारले समेत सार्वजनिक सूचना गरेर होलीमा विगतमा जस्तो तडकभडक नगर्न अनुरोध गरेका छन्।

नेपाल चिकित्सक संघका अध्यक्ष तथा वीर अस्पतालका फिजिसियन डा. लोचन कार्कीले अहिलेको अवस्थामा होली खेल्न नहुने बताए। होली खेल्ने नाममा भीडभाडमा जम्मा हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढी हुने कार्कीको भनाइ छ। (अन्नपूर्ण पोष्ट्बाट)

प्रतिक्रिया दिनुहोस्