Logo

प्रदेश २ मा बन्दुकधारी दुइ जना पक्राउ !

रौतहटको गढीमाई नगरपालिकाबाट बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय रौतहटको टोलीले गढीमाई– ६ धर्मपुरको बागमती नदी किनारबाट सोमबार राति सर्लाहीको धनकौल गाउँपालिका–६ घर भएका २१ वर्षीय राजेश राम महरा र २६ वर्षीय जयनारायण राम रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद गरिएको छ । नियमित गस्तीमा निस्किएका प्रहरी टोलीलाई देख्ने बित्तिकै उनीहरू भाग्ने क्रममा पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्