Logo

भगवानको दर्शन गर्दै साप्ताहिक राशिफल हेर्नुहोस्: कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् ग्रहफल

आज फागुन २४ देखि ३० गतेसम्मको साप्ताहिक राशिफल

मेष
तपाईंको यो साता प्रेरणा कारक रहनेछ । नौला अवसरहरू सिर्जना भई अनौठा प्रकारका रसास्वादन गर्न पाउनुहुनेछ । नयाँ स्थानहरूको भ्रमण गर्नुहुनेछ ।

वृष
खर्च गरेर यात्रा गर्नुपर्ने हुँदा मनमा द्विविधा उत्पन गराउला । विशेष प्रकारका नौला मित्रहरूसँग परिचित हुने अवसर मिल्नेछ । आलोचना गर्नेहरू बढी नै हुने भए तापनि तपाईंकोको दृढताले पराजयको सामना गर्नुपर्ने छैन ।

मिथुन
तपार्इंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । नयाँ मित्रहरूबाट प्राप्त सुझावले तपाईलाई फाइदा नै पुर्‍याउनेछ । अचानक प्रेम प्रस्ताव आउन सक्नेछ, विवेक पुर्‍याउनुहोला ।

कर्कट
व्यस्ततापूर्वक गरेको कामबाट नोक्सान पुग्न जाने भएकाले धैर्यतासहित गरेका कार्यले नै सही मार्ग लिनेछ । आर्थिक पक्षमा समय प्रबल भएकाले नयाँ तथा पुराना दुवै कार्यले फाइदा पुग्ने नै देखिन्छ ।

सिंह
धार्मिक कार्यद्वारा नयाँ स्थानहरूको भ्रमणमा साइत जुर्नेवाला छ । नयाँ मित्रहरूबाट नौला किसिमका प्रस्तावहरू राखिनेछन्, सकारात्मक रूपमा लिनुहोला ।

कन्या
राज्यस्तरबाट महत्त्वपूर्ण अवसर प्राप्त हुनेछन् । सभा, सेमिनार, तालिमजस्ता कार्यहरूमा समावेश हुने सुनौलो मौका प्राप्त हुन सक्छ । आफूले बनाएको योजनामा कठिनपूर्वक परिणाम हात लाग्छ । नीलो रंग प्रयोग गर्नाले उचित लाभ लिन सक्नुहुनेछ । सवारी साधन चलाउँदा विशेष ध्यान दिनुहोला ।

तुला
नौला व्यक्तित्वहरूसँग समागम हुने मौका मिल्नेछ । तपाईंको व्यक्तित्वलाई कसैले अत्यधिक मन पराई प्रेम प्रस्ताव राख्न सक्छन्, ढिलो नगरी निर्णय गर्नुहोला ।

वृश्चिक
स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । खानपान तथा दैनिक जीवनचर्याले स्वास्थ्यमा गडबडी हुन सक्छ । मेहनतपूर्वक गरेका कार्यमा समेत अपजस मिल्न सक्छ ।

धनु
भविष्यमा आइलाग्ने चिन्ताले सताउनेछ । विचारमा कन्जुस्याइँ गर्ने मित्रहरूले समयको मूल्यलाई उपेक्षा गर्नेछन् । कार्य सम्पादन गर्दा दु्रत गतिमा गर्नुहोला ।

मकर
मनले नसोचेका स्थानहरूमा भ्रमण गर्दै विभिन्न परिकारको रसास्वादन लिई मनोरञ्जन समेत प्राप्त गर्न सक्नुहुनेछ । प्रेम उत्साह रचनात्मक कार्यले हितैषीहरूले मन पराउनेछन् ।

कुम्भ
टाढा भएका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ, केही नम्र भएर कार्य सम्पन्न गर्नुहोला । धार्मिक यात्रामा जाँदा आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ ।

मीन
रोजगारीको अवसरका क्रममा यताउता भौंतारिनुपर्ने हुन सक्छ । अन्तर्वार्ता परीक्षाहरूमा सामेल हुँदा हतार नगरी निडर भएर प्रस्तुत हुनुहोला । सेतो रंगको प्रयोगले नसोचेको परिणाममा पुग्न सफल हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्