Logo

ब्लड क्यान्सर भएकी १४ बर्षिया एलिसालाई बचाईदिन अनुरोध !

ब्लड क्यान्सर भई हाल मृत्युसंग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन पुलामीमगर परिवारजनले अपिल गरेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भानु मावि भृकुटीमा कक्षा ९ मा अध्यायनरत मेचीनगर ३ पहलेधाप निवासी १४ बर्षिया छोरी एलिसा पुलामीमगरको उपचारका लागि आमा पुष्पा पुलामीमगरले यस्तो आग्रह गरेकी हुन् ।

१२ बर्ष अघि पति गुमाई सकेकी पुष्पालाई यतीबेला आफ्नो जिवनको एक मात्र साहारा छोरी पनि ब्लड क्यान्सर जस्तो खतरनाक रोगबाट पीडित हुँदा सहनै नसक्ने बज्रपात परेको छ । हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत् एलिसाको अवस्था चिन्ता जनक रहेको र समयमा नै उपचार नगरे ज्यान जान सक्ने डाक्टरले सुझाएका छन् ।

भावुक हुँदै आमाले भनिन् उपचार गर्दा गर्दै भएको जायजेथा पनि सबै रित्तियो, अहिले ऋण खोजेर उपचार गर्दैछु’ मनकारीको सहयोग बेगर त अब उपाय नै छैन ।

प्रतिक्रिया दिनुहोस्