Logo

मंगलबारको दिनमा भुलेर पनि गर्नु हुँदैन यी पाँच काम ! जानी राखौ

आज मंगलबार भगवान गणेशको दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ। बक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा । निर्विघ्नं कुरू मे देव सर्व – कार्येशु सर्वदा ।। करोडौं सूर्यको जस्तो तेज भएका भगवान गणेश देवलाई आराधना गर्नाले बिघ्न बाधा र अधुरा काम पूरा हुन्छन् ।

शास्त्रअनुसार मंगलबारको दिन गर्न केही काम गर्न बर्जित गरिएको हुन्छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

मंगलबारको दिन गर्न नहुने ५ काम: १– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ ।मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्