Logo

३ नेपालीलाई कोरोना लागेको पुष्टी, को हुन उनीहरु ?

काठमाडौँ – चीनबाट फैलिएको कोरना भा’इरसले विश्वभर तहल्का म’च्चाईरहेका बेला नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई लिएर चौतर्फी त्रा’स फैलिरहेका बेला बैदेशिक रोजगारीका लागि युएईमा रहेका दुई र नेपालबाट अस्ट्रेलिया पुगेका एक विद्यार्थी गरी नेपालीलाई भने कोरना लागेको पुष्टी भएको छ । नेपालीसहित १४ जनामा कोरोनाभा’इरस सं’क्रमण रहेको पुष्टि भएको छ। सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना सं’क्रमित बि’रामीहरुमध्ये दुई जना नेपाली पनि रहेको बताएको हो। खलिज टाईम्सका अनुसार कोरोनाका बि’रामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक जना सिरियाका नागरिक रहेका छन्।

उनीहरूलाई पहिले क्वारन्टाइनमा राखिएका बि’रामीहरुबाट सरेको बताइएको छ। ती दुई नेपाली को हुन् भन्नेबारे खुलाइएको छैन। अहिलेसम्म युएईमा ५९ जनामा कोरोना सं’क्रमण भेटिएको छ। साथै सोमबार मन्त्रालयले पाँच जनाको उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिसकेको बताएको छ।

कसरी अपनाउने उच्च सतर्कता ?

हरेक व्यक्तिले ध्यान दिनुपर्ने कुरा भनेकै सरसफाइ हो। सफाइका लागि नभई नहुने शौचालय सफा राख्नुपर्छ। शौचालयको प्यान र भुइँ मात्र सफा भएर हुँदैन। शौचालयको ढोका, चुकुल, छेस्किन, लक, ह्यान्डिल, भर्याङको रेलिङ सबैभन्दा धेरै व्यक्तिको हातले छुने हुँदा यस्ता ठाउँमा पटकपटक सफा गर्नुपर्छ। झ्याल, ढोकाका चुकुलहरू पटकपटक खोल्ने र बन्द गर्ने हुँदा त्यस्ता ठाउँमा हातकै प्रयोग हुन्छ।

सवारी साधनको साँचो हातमा लिने, कान कोट्याउने, दाँत कोट्याउने बानी पनि हुन्छ, यस्ता सामानको पनि सरसफाइ गर्नु जरुरी छ। हरेक चीज छुने हातले नाक, मुक र आँखामा पनि पटकपटक छुने गरिन्छ। सकिन्छ भने यो बानी हटाऔं। यसका साथै भीडभाडमा नजाने, हात नमिलाउने, जानै परे एक मिटरको दूरी कायम राख्ने र मुखमा मास्क र आँखामा गगल्स लगाउने गर्नु उचित हुन्छ।

पानी उमालेर खाने, प्रत्येक घण्टामा थोरै थोरै भए पनि पटकपटक पानी पिउने, मुखमा कपडाकै भए पनि माक्स लगाउने, बाहिरबाट घरमा प्रवेश गर्नासाथै कम्तीमा २० सेकेन्ड लगाएर मिचीमिची साबुन पानीले हात धुने, रुघाखोकी, ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण गरी चिकित्सकको सल्लाहअनुसार औषधी प्रयोग गर्ने र बजारमा अनुमानका भरमा चलाइएको हल्लाको पछाडि नलाग्ने गर्नु उचित हुन्छ।

प्रतिक्रिया दिनुहोस्