Logo

बुधवार: जिवनमा सुख समृद्धि पाउनका लागि अपनाउनुहोस यी उपायहरु

हिन्दु धर्म संस्कृतिमा बताईए अनुसार प्रत्येक दिन प्रत्येक भगवानका लागि खास हुने गर्छ । महत्वको हिसाबले पनि प्रत्येक दिन उतिकै महत्वपुर्ण मानिन्छ । आज बुधवार हिन्दु ग्रन्थमा उल्लेख भए अनुसार बुधवारको सम्बन्ध बुध ग्रहसंग हुने गर्छ त्यस्तै आज बिघ्नाकर्ता गणेश भगवानको पनि पुजा आराधना गर्ने गरिन्छ । भनिन्छ, भगवान गणेशको पुजा आराधना नगरेसम्म कुनै पनि पुजा सम्पन्न हुदैन । गणेश भगवानलाई जति खुसि पार्न सकियो उति नै जिवनमा खुसियाली छाउने मान्यता रही आएको छ ।

बुधवारको दिन ‘गं हं क्लौं ग्लौं उच्छिष्टगणेशाय महायक्षायायं बलिः’ मन्त्र जप गर्नाले पनि जीवनका सारा दुख कष्ट नाश भई व्यक्तिगत एवम आर्थिक स्थिति पनि मजबुत भएर जान्छ ।

यसै क्रममा आज हामी भगवान गणेशलाई खुसि पार्ने केहि उपायका बारेमा कुरा गर्न जादै छौं आउनुहोस

बुधवारको दिन अवश्य गर्नुहोस यी काम

-घरमा सेतो रङको गणेशको प्रतिमा स्थापना गर्नाले तान्त्रिक शक्तिबाट छुटकारा पाउन सकिन्छ ।

-धन प्राप्तिका लागि आजको दिन भगवान गणेशलाई गाईको घ्यु र लड्डु चढाउनाले आर्थिक समस्याबाट छुटकारा पाउन सकिन्छ ।

-पारिवारिक कलह र क्लेश अन्त्य गर्नका लागि घरमा गणेशको मुर्ति स्थापना गरि दिनहु दुबो चढाई बिधि बिधानका साथमा पुजा गर्नाले पारिवारिक कलह अन्त्य हुन्छ ।

-घरको मुलद्वारमा गणेशको मुर्ति स्थापना गर्नाले नकारात्मक शक्ति प्रवेश गर्न पाउदैन ।

प्रतिक्रिया दिनुहोस्