Logo

एकाबिहानै पशुपतिनाथ मन्दिरको दर्शन गरि आज बुधबारको राशिफल पढ्नुहोस् ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मामा तथा मावली पक्षबाट तपाईको काममा भरपुर सहयोग पाईने योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मु द्दाहरु सल्टाउँन सकिनेछ

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुनेछ । चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बौद्धिक क्षेत्र फराकिलो हुनेछ भने बौद्धिकताको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कार्य क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । भुमि,बाहन तथा भौतिक बस्तुका प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अध्यनमा प्रगति हुँने हुँदा बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । नयाँ प्रबिधिको प्रयोग गरि शुरु गरिएका कामहरु समयमा सम्पन्न हुने तथा मनग्गे आम्दानि पनि हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । अरुतिरै ध्यान जादा वा अध्ययन अध्यापनमा समय दिन नसक्दा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकेमात्र दिन रमाईलो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सानो गल्ति गर्नाले ठुलो घाटा सहनु पर्नेछ भने नियम संगत काम नगर्दा दण्ड तिुर्नपर्ने हुन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ ।ज्योतिषी तारानाथ भण्डारी ।

प्रतिक्रिया दिनुहोस्