Logo

भक्तपुरस्थित निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको घर नजिकै बम विष्फोट

२८ फागुन, काठमाडौं – भक्तपुरस्थित निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको घर नजिकै बम विष्फोट भएको छ । भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै खुला स्थानमा बुधबार बिहान विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो ।

बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन । घटनास्थलमा प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्