Logo

प्रधानमन्त्रीले आफ्नो दाह्री आफैं काट्नुभयो

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफ्नो दाह्री आफैंले काट्नु भएको छ ।

मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै स्वास्थ्य लाभ गरिरहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो दाह्री आफैंले काट्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

बुधबार बिहान ट्विटरमा लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीको स्वस्थ्य बन्ने क्रम रफ्तारमा चलिरहेको र प्रधानमन्त्रीले आफैंले दाह्री काट्नुभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको जनाउँदै थापाले प्रधानमन्त्रीले हिँडडुल र नियमित व्यायाम जारी राख्नुभएको समेत उल्लेख गर्नुभएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूकाे स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेकाे छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएकाे छ । उहाँ अाफैले दा-ही काट्नु भएकाे छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेकाे छ ।

गएको फागुन २१ गते बुधबार त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा प्रधानमन्त्री ओलीमा दाेस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु सहज र विश्वस्त भएपछि उहाँलाई डिस्चार्ज गरिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्