Logo

प्रधानमन्त्रीका मिर्गौला दाता समीक्षा भइन् डिस्चार्ज !

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् ।उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका हुन् ।

त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । भेटमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान गरेकोमा धन्यवाद दिएकी थिइन् ।
गत बुधबार समीक्षाको एउटा मिर्गौला निकालेर प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको छ । चिकित्सकहरुकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि सुधार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्