Logo

साढे ६ किलो गाँजासहित युवा पक्राउ !

प्रहरीले बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटबाट ६ किलो ४ सय ३५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गंगाराम केसीको जग्गा भाडामा लिएर टहरो बनाइ बसेका ३३ वर्षीय सुनिल न्यौपाने छन् । महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीका अनुसार न्यौपानेले कोठाबाट गाँजालगायत अन्य लागूऔषध बिक्री गर्ने गरेको सूचनाको आधारमा खानतलासी लिइएको थियो । त्यसक्रममा दराजमा रातो र हरियो प्लास्टिकको ८ वटा पोकामा लुकाइएको अवस्थामा गाँजा औषधिजन्य लागूऔषध भेटिएको उनले बताए । उनी वितरकसँगै लागूऔषध दुर्व्यसनी पनि भएको गिरीले बताए । थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्