Logo

आफ्नाे राशि अनुसार कुन रंग र कुन बार शुभ हाेला जानी राखाै !

यहां हामीले ज्याेतिष शास्त्र अनुसार कुन कुन रंग र कुन कुन वार शुभ फल दिने खालका हुन्छन भनेर चर्चा गरेका छाै । आशा छ, यसले तपाइकाे जीवनमा सकारात्मक प्रभाव नै पार्ने छ ।

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) — यो राशि भएका व्यक्तिलाई राताे र सेताे रंग अत्यन्तै शुभ मानिन्छ । एउटा राताे रूमाल सधै खल्तिमा राख्नाले धेरै कामहरू बन्ने तथा शुभ फल दिन्छ । मेष राशिका व्यक्तिहरूले आफ्नाे पहिरनमा एक बस्त्र राताे धारणा गर्नु अति अावश्यक छ । रातो कपडा लाएर काम गर्ने यो राशिका व्यक्ति सफल हुन्छन् । मेष राशिका स्वामी मंगल भएकाले मंगल ग्रहसंग प्रगाढ सम्वन्ध हुन्छ । मंगलवार शुभ वार मानिन्छ भने बिहीवार र रविवार मध्यम फलदिने वारहरू हुन । मेष राशिलाई शुक्रवार अशुभ मानिन्छ, तसर्थ याे वार महत्वपूर्ण कामकाे थालनी गर्नु मनासिब हुदैन ।

वृष : ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) — सेतो रङ्ग यो राशिको शुभ रंग हो । सेताकाे साथै नीलाे, जामुनी तथा हल्का नीलाे रंग पनि शुभ नै मानिन्छ । याे राशिका व्यक्तिहरूले एउटा सेताे रूमाल आफ्नाे खल्तीमा राखिराख्नु अति उत्तम र लाभदायी हुन्छ । पहिरनमा कुनै एक बस्त्र सेताे हुनु निकै राम्राे मानिन्छ । यो राशिकाे शुक्र ग्रहसंग निकट सम्बन्ध हुन्छ । तसर्थ ज्याेतिष शास्त्र अनुसार शुक्रवार भाग्यशाली वार हाे भने बुधवार र शनिवार पनि शुभ फल दिने वारहरू हुन । बृश्चिक राशिकाे चन्द्रमा परेकाे दिन कुनै पनि महत्वपूर्ण कार्य प्रारम्भ गर्न हुदैन ।

मिथुन : ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) — यो राशि भएका व्यक्तिहरुकाे शुभ रंग पहेलाे वा केशरी हाे । हरियाे रंग पनि राम्रै मानिन्छ । याे राशिका व्यक्तिहरूले एउटा पंहेलाे रूमाल आफ्नाे खल्तीमा राखिराख्नु अति उत्तम र लाभदायी हुन्छ । पहिरनमा कुनै एक पहेलाे वा केशरी बस्त्र समाबेस गर्नु निकै राम्राे मानिन्छ । मिथुन राशिका स्वामी बुध भएकाले बुध ग्रहलाइ खुसिराख्नु नितान्त जरूरि हुन्छ । बुधवार भाग्यशाली वार रहेकाे छ भने विहिवार शुभ मानिन्छ । जुनदिन मिथुन राशिकाे चन्द्रमा हुन्छ त्यसदिन महत्वपूर्ण कामकाे शुरूवात गर्नु हुदैन ।

कर्कट : ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) — यो राशि भएका व्यक्तिकाे लागि सेताे, क्रिम कलर, हल्का नीलाे रंग शुभ रंगकाे रूपमा लिइएकाे छ । यो राशिका व्यक्तिले सधै सेताे रूमाल गाेजीमा राख्दा निकै शुभ र फाइदा हुन्छ । कर्कट राशिका व्यक्तिहरूले आफ्नाे पहिरनमा एक बस्त्र सेताे धारणा गर्नु अति आवश्यक छ । यो राशिका स्वामी चन्द्रमा भएकाले चन्द्रमासंग लगाव बनिरहेकाे हुन्छ । साेमवार भाग्यशाली वार हाे भने बुध र आइतवार पनि शुभ वार मानिन्छन । मकर राशिकाे चन्द्रमा परेका दिन कुनैपनि नयां काम थालनी नगरेकै बेश हुन्छ ।

सिंह : ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) — यो राशिका व्यक्तिहरूका लागि साैभाग्यशाली रंग सुनाैला वा राताे रंग हाे । सूर्यका सबै रंगसंग मिल्ने बस्त्र धारण गर्न मनासिव नै हुन्छ । सधै राताे वा सुनाैला रंगकाे रूमाल गाेजीमा राख्दा अपेक्षित लाभ प्राप्त गर्न सकिन्छ । यो राशि भएका व्यक्तिले आफ्नाे पहिरनमा राताे कपडाकाे सम्मिश्रण गर्नु फलदायी हुन्छ । सिंह राशिका स्वामी सूर्य भएकाले रविवार साैभाग्यशाली वार मानिन्छ । त्यसैगरि विहीवार शुभ, शनिवार मध्यम रहेका छन भने मंगलवार अशुभ वारकाे काेटीमा राखिएकाे छ । मीन राशिकाे चन्द्रमा हुंदा महत्वपूर्ण कामकाे प्रारम्भ गर्न शुभ मानिदैन ।

कन्या : ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) — कन्या राशि भएका व्यक्तिहरूकाे साैभाग्यशाली रंगहरू हरियाे, पहेलाे र सेताे हुन । चट्ट हरियाे रूमाल खल्तिमा राख्नाले मानशिक शान्ती मिल्नुका साथै शुभ फल प्राप्त हुन्छ । बस्त्र धारण गर्दा कुनै एक कपडा हरियाे वा पहेलाे मिसाउनु शुभ मानिन्छ । कन्या राशिकाका स्वामी बुध भएकाले बुधवारकाे दिनलाइ साैभाग्यशाली दिनकाे रूपमा लिइन्छ । शनिवार र शुक्रवार शुभ वार हुन भने मंगलवार अशुभ वार मानिन्छ । धनु राशिकाे चन्द्रमा परेकाे दिन महत्वपूर्ण कार्य गर्नु हुदैन ।

तुला : ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) — यो राशिलाई फाप्ने रंग सेताे , क्रिम कलर , हल्का नीलाे हुन । सेताे रूमाल हरहमेसा साथमा राख्नाले सुख, शान्ती र सन्ताेष मिल्दछ । सेताे रंगका बस्त्र धारणा गर्नाले शुभ फल प्राप्त हुन्छ । पहिरनमा कुनै एक बस्त्र सेताे वा क्रिमकलर छनाैट गर्नु पर्दछ । यो राशिका स्वामी शुक्र हुन । शुक्रवारलाइ साैभाग्यशाली वारकाे रूपमा लिइन्छ । त्यसैगरि साेमवार र शनिवार पनि शुभ वारका काेटीमा पर्दछन । रविवार र बुधवार चाहि अशुभ वारमा पर्दछन । कुम्भ राशिकाे चन्द्रमा परेकाे दिन शुभ कार्य गर्नु हुदैन ।

वृश्चिक : ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) — यो राशि भएका व्यक्तिकाे शुभ रंग राताे हाे । राताे रंगका साथै माटे कलर तथा खिया कलर पनि शुभ नै मानिन्छ । सधै राताे रंगकाे रूमाल चट्ट पट्याएर गाेजीमा राख्दा अपेक्षित लाभ प्राप्त गर्न सकिन्छ, मानशिक शान्ति मिल्दछ । यो राशि भएका व्यक्तिले आफ्नाे पहिरनमा राताे कपडाकाे सम्मिश्रण गर्नु फलदायी हुन्छ । याे राशिका स्वामी मंगल हुन, तसर्थ मंगल ग्रहसंग धेरै कुराकाे तालमेल मिलाउनु पर्दछ । मंगलवारलाइ साैभाग्यशाली वारकाे रूपमा लिइएकाे छ भने साेमवार पनि शुभ वारकाे श्रेणीमा पर्दछ । शनिवार र बुधवारलाइ अशुभ हुन्छन । मकर राशिकाे चन्द्रमा हुनेदिन महत्वपूर्ण कामकाे थालनी गर्न वान्छनिय हुदैन ।

धनु : ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) — धनु राशिकाे लागि मिल्ने रंग पहेलाे हाे । यसका साथै नीलाे, हरियाे, गुलावी, जामुन रंलाइ पनि शुभ नै मानिन्छ । पहेलाे रंगकाे रूमाल साथमा राख्नाले सधै काममा सफलता मिल्छ अनि सिद्धी प्राप्त हुन्छ । आफ्नाे पहिरनमा पहेलाे रंगकाे बस्त्र मिसाउनु वा धारणा गर्नुपर्ने ज्याेतिष शास्त्रकाे मत छ । यो राशिका स्वामी बृहस्पति हुन । विहीवारकाे दिनलाइ साैभाग्यशाली दिनकाे रूपमा ग्रहण गरिएकाे छ । रविवारलाइ याे राशिकाे शुभ वारकाे रूपमा लिइएकाे छ भने शुक्र र शनिवारलाइ अशुभ । जुनदिन कुम्भ राशिकाे चन्द्रमा हुन्छ साे दिन कुनैपनि महत्वपूर्ण कार्यमा हात नहाल्नु उचित हुन्छ ।

मकर : ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) — यो राशिलाई कालाे, नीलाे रंगले शुभ फल दिने हुन्छ । यो राशि भएका व्यक्तिहरूले कालाे वा नीलाे रूमाल गाेजीमा राखिरहने गर्नु पर्दछ, जस्ले मानशिक शान्ति अनि शुभ फल प्राप्त हुन्छ । कालाे नीलाे रंगकाे वस्त्र धारणा गर्नु पर्दछ । कुनै एक कपडा कालाे वा नीलाे हुंदा धेरै कामहरू बन्दछन । मकर राशिका स्वामी शनि भएकाले शनिलाइ सदा प्रसन्न राख्नु पर्दछ । शनिवार साैभाग्यशमली दिनकाे रूपमा लिइन्छ भने रविवार र शुक्रवारलाइ शुभ वारकाे रूपमा । साेमवार मध्यम फल दिने खालकाे हुन्छ भने गुरूवार र मंगलवार अशुभ मानिन्छन । तुला राशिकाे चन्द्रमा परेकाे दिन कुनेपनि महत्वपूर्ण कार्य प्रारम्भ गर्नु हुदैन ।

कुम्भ : ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) —यो राशि भएका व्यक्तिलाई कालाे, नीलाे रंगले शुभ फल दिने हुन्छ । यो राशि भएका व्यक्तिहरूले कालाे वा नीलाे रूमाल गाेजीमा राखिरहने गर्नु पर्दछ, जसकाे प्रयागले मानशिक शान्ति अनि शुभ फल प्राप्त हुन्छ । पहिरनमा पनि कालाे नीलाे शुभ हुन्छ । कुनै एक वस्त्र कालाे वा नीलाे अवश्य धारण गर्नु जीवनपयाेगी हुन्छ । याे राशिका स्वामी पनि शनि नै भएकाले शनिवारकाे दिन उत्तम मानिएकाे छ । मंगलवार शुभ फल दिने वार हाे, रविवार मध्यम तथा बुध र शुक्रवार अशुभ वारकाे रूपमा लिइएकाे छ । जुनदिन सिंह राशिकाे चन्द्रमा हुन्छन साे दिन शुभ तथा महत्वपूर्ण कार्य गर्दा सफलता मिल्दैन ।

मीन : ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) — यो राशि भएका व्यक्तिलाई म्याच गर्ने रंग पहेलाे, राताे वा नारंगी हाे । पहेलाे रंगकाे रूमाल गाेजीमा राखेर हिडनु निकै लाभदयक हुन्छ । बस्त्रकाे छनाैट गर्दापनि पहेलाे वा राताे रंगकाे गर्नु फलदायी हुन्छ । मानशिक शान्तिकाे साथै श्रीबृद्धीमा सहयाेगी भूमिका निर्वाह गर्दछ । मीन राशिका स्वामी बृहस्पति भएकाले गुरूवार साैभाग्यशाली वार हाे । रविवार र साेमवार शुभ फल दिनेछन भने बुधवार अशुभ वार मानिन्छ । मंगलवारकाे दिन लेनदेनकाे व्यवहार नगरेकै उत्तम हुन्छ । कर्कट राशिकाे चन्द्रमा परेकाे दिन कुनैपनि महत्वपूर्ण कार्य गर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्