Logo

विप्लव समूहको कब्जाबाट १४ वर्षकी बालिकाको उद्धार, १४ कार्यकर्ता पक्राउ !

 

बालिका अपहरणको आरोपमा प्रहरीले विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको छ ।धनुषाकोगणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरणको आरोपमा प्रहरीले उदयपुरबाट विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको हो ।प्रहरीले बालिकाको पनि उद्धार गरेको छ ।बुधबार साँझ ५ बजे अपहरणमा परेकी मोक्तानको बिहीबार ३ बजेतिर उद्दार भएको हो ।

विप्लव समूहले ती बालिकालाई लडाकु बनाउने उद्देश्यले कब्जामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए ।प्रहरीले विप्लव समूहका कार्यकर्ताको साथबाट ३ वटा पेस्तोल र ११ वटा सकेट बम र प्रेसरकुकर बम पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्