Logo

नेपाल नाकाबन्दीमा पर्ने, भारतले गर्‍यो सीमा बन्द गर्ने निर्णय !

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भारतले सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापीमा रुपमा महामारीको रुप लिएको कोरोनाभाइरसबाट पिल्सिन थालेको भारतले थप संक्रमण हुन नदिन एक महिना सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसले जनाएको छ ।

भारतले भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ । तर, भारतले गैरआवासीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भिसा दिँदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । शुक्रबारबाट लागू हुने गरी भारतले सो निर्णय गरेको हो ।भारत सरकारले दशकौं पुरानो भिसासम्बन्धी कानुन संशोधन गर्दै चाँडै विदेशी नागरिकलाई आफ्नो देशमा भ्रमणमा रोक लगाउने तयारी थालेको छ ।

केरला, त्रिपुरालगायतका राज्यमा कोरोना संक्रमित बढेपछि भारतले यो नियम लागू गर्न लागेको हो । भारतले विदेशीलाई भीसासमेत रद्द गरेको छ । अब कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् ।विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसलाई महामारी घोषणा गरेपछि भारतले उक्त निर्णय आएको हो । भारतमा बुधबारसम्म ६० जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

भारतको सो निर्णयले नेपाललगायतका छिमेकी देशहरुलाई पनि प्रभाव पर्ने देखिन्छ । भारतबाट खाद्यन्न, औषधिलगायतका बस्तु आयात गर्ने नेपालमा ती बस्तुहरुको अभाव हुने अनुमान गरिएको छ । तर, यसबारे नेपाल र भारतले दुवैले कुनै प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्