Logo

भिरबाट खसेको ढुंगाले लागेर जलविद्युत एक इञ्जिनीयरको मृ’त्यु !

लमजुङमा भिरबाट ख’सेको ढुंगाले लागेर जलविद्युत आयोजनामा कार्यरत एक इञ्जिनीयरको मृ’त्यु भएको छ। दोर्दी खोला करिडोरमा निर्माणाधीन ५४ मेगावाटको सु’परदोर्दी ‘ख’ जलविद्युत आ’योजनामा कार्यरत दाङ तुलसीपुर उपमहानगरपालिका–६ का २२ वर्षीय निरञ्जन बस्यालको भिरबाट ख’सेको ढंगाले लागेर मृ’त्यु भएको हो। गएराति साढे ९ बजे आयोजनाको निर्माणाधीन सुरुङ क्षेत्रमा पस्ने क्रममा माथिबाट ढुङ्गा ख’सेर लाग्दा उनी ग’म्भिर घा’इते भएका थिए।

घा’इते बस्याललाई उपचारका लागि सदरमुकामस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृ’त्यु भएको लमजुङका प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए। दोर्दी गाउँपालिका–६ ढोडेनी ताजैमा बर्जगुरु क’न्ट्रक्सन कम्पनी प्रालीले निर्माण गरिरहेको आ’योजनामा बस्यालले गत मंसिरदेखि कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्