Logo

कागतीको ब्रोक्रा नफाल्नुहोस्, यस्ता छन् फाइदा ! जानी राखौ

गतीको बोक्रामा भिटामिन ए, भिटामिन सी, पोटासियम, फाइबर लगाायत कयौँ प्रकारका पोषक तत्व पाइने गर्दछ । चिकित्सा विशेषज्ञका अनुसार कागतीको बोक्रा कागती पानी भन्दा पनि प्रभावकारी र लाभदायक हुने गर्दछ । यसमा रहेको मिनरल्सले पाचन प्रणालीलाई तीव्र बनाउने गर्दछ । यदि हाम्रो पाचन क्रिया सही भयो भने कयौँ बिमारीबाट बच्न सकिन्छ ।

कागतीको बोक्राले मुखबाट आउने दुर्गन्ध पनि हटाउने गर्दछ । साथै यसले रक्तचापलाई पनि नियन्त्रण गर्ने गर्दछ । यदि हाम्रो रक्तसञ्चार नियन्त्रण भयो भने मुटुसम्बन्धि बिमारी हुने सम्भावना पनि कम हुन्छ ।परिवर्तित समयसँगै मानिसहरुको जीवनशैली पनि बिग्रिरहेको छ । जसबाट अधिक मानिसहरु मधुमेहको बिमारी हुने गरेको छ । यस्तोमा कागतीको बेक्राले मधसुमेहलाई नियन्त्रण राख्ने गर्दछ । साथै तनाव हटाउनका लागि पनि यो सहयोगी मानिन्छ । कागतीको बोक्रामा प्रचुर मात्रामा क्याल्सियम र भिटामिन सी पाइने गर्दछ । जसले हाम्रो हड्डी र दाँतलाई बलियो बनाउने गर्दछ ।

यसको प्रयोग गर्नाले हाम्रो प्रतिरक्षा प्रणाली पनि मजबुत हुने गर्दछ । यसमा एंटीअक्सिडेन्ट गुण भएका कारण छाला क्यान्सरबाट मानिसहरुलाई मुक्ति मिल्ने गर्दछ । भिटामिन हाम्रो शरिरका लागि अत्यावश्यक रहेको हुन्छ । जुन कागतीको बोक्रामा भरपुर मात्रामा पाइने गर्दछ । यसको प्रयोगबाट हामीलाई छालासम्बन्धि क्यान्सर, मुटुको समस्या र जोर्नीसम्बन्धि समस्याबाट छुटकारा मिल्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्