Logo

चीनबाट सामान आउन थाल्यो, अब कुनै सामान नरोकिने

कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिनुभयो । केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता हुँदै नेपाल आउन सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

औषधि बनाउने कच्चा प्रदार्थ र औषधि सहज रुपमा आईरहेको जानकारी दिदै व्यवसायीहरूले सामान लोड गरिरहेको दाहालले जानकारी दिनुभयो । चीनमा विचमा कोरोनाको कारण त्यहाँका उद्योग बन्द भएको र बाहिर सामान नपठाएको जानकारी दिंदै अब कुनै सामान आफूहरुले नरोक्ने त्यहाँका उद्योगी व्यवसायीहरुले जानकारी दिएको उहाँले बताउनुभयो ।

चीनमा पनि बन्द भएका उद्योग कलकारखाना लगायत मानिसको आवतजावत सामान्य हुन थालेकोले अब कुनै पनि सामान आयातमा कुनै समस्या नहुने पूर्वअध्यक्ष दाहालले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्