Logo

प्रदेश २ मा घरमा बनायको मदिरा सेवनबाट ५ जनाको मृत्यु, एक को अबस्था चिन्ता जनक !

घरेलु मदिरा सेवन गरेका पाँच जनाको धनुषामा ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा छन् ।

बुधबार ३ जनाको ज्यान गएकोमा बिहीबार थप २ को पनि मृत्यु भएको हो ।सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।सुुरुमा कालगतिले उनीहरूको मृत्यु भएको गाउँलेहरूले बताएका थिए,’ प्रहरी निरीक्षक नायकले भने, ‘पुनः दुई जनाको मृत्यु भएपछि हामी घट्नास्थलमा जाँदा अत्यधिक मदिरा सेवनले उनीहरूको ज्यान गएको देखिएको छ ।’

घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन् । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।मृतककको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएका प्रहरी निरीक्षक नायकले बताए ।

प्रतिक्रिया दिनुहोस्