Logo

चैत्र महिनाको मासिक राशिफल : हेर्नुहोस कुन राशिको यो सालको अन्तिम महिना कस्तो छ ! जानी राखौ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)राजनिति तथा समाजसेवामा जनताको सर्मथन प्राप्त गर्न निकै नै संघर्ष गर्नुपर्नेछ । राज्यको नजिक रहेर काम गर्दै हुनुहुन्छ भने सचेत रहनुहोला काम बिग्रने तथा मान सम्मानमा आघात पुग्नेछ भने दण्ड तथा जरिवाना तिर्नुपर्ने ग्रहयोग रहेको छ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ला ।स्वास्थ्यमा प्रेसरको घट्बडले समस्या निम्त्याउँदछ भने हाडजोर्नि,दात तथा ढाड सँग सम्बन्धित रोगहरुले समस्या निम्त्याउँदछ । काठ तथा फर्निचर सँग सम्बन्धित व्यापार व्यावसायमा मन्दि आउँनेछ भने फेन्सी कपडा,बिलाशी सामान,सुन्दरता सँग सम्बन्धित सामानहरुको व्यावसाय फस्टाएर जानेछ ।माया प्रेममा सामान्य मनमुटाबमो सिर्जना हुँनेछ भने घर परिवारमा आफन्त सँगको सम्बन्धमा उतारचडाब आउँनेछ । महिनाभर अष्टम भावमा गोचर गर्ने बुधले आर्थिक तथा सामाजिक स्थिति उकास्न मद्दत गर्नेछ । बिद्यार्थिहरुका लागि यो महिना अध्ययनको दृश्टिकोणले मध्ययम रहेकोछ ।

भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोसMgid

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा )बृष राशी हुनेहरुका यो महिना उत्तम रहेकोछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान,ईज्जत, प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरण हुँने प्रसस्त सम्भावना रहेको छ ।व्यापार ब्यावसायमा समय लगानि गर्नेहरुले नयाँ नयाँ ठाउँमा लगानि गरि प्रशस्त नाफा कमाउँन सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि ब्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । प्रेम तथा मित्रताको बन्धन गसिलो भएर जाने तथा सुयोग्य बर बधुको लगन गाठो बाधिने गतिलो सम्भावना रहेको छ भने माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ ।पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने लेखन कला तथा साहित्य बिधामा कलम चलाउँनेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । महिनाको मध्य समयको पुर्वाद्धमा सप्तम भावमा जाने शुक्रले गोप्य अंगमा सामान्य समस्या आउँने तथा यात्राको तय गर्दै हुनुहुन्छ भने सचेत रहनु होला यात्रा कष्टकर पनि हुन सक्छ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)प्रशासनिक तथा सरकारि क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु राष्ट्रको पक्षमा हुनेछन् । योजनाहरु चुश्तरुपमा अगाडि बढ्नेछन् भने चुनौतिहरुका पर्खालहरु आफै ढल्नेछन् । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुँदा मन प्रशन्न रहनेछ ।सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा बिद्यार्थिबर्गहरुले आफ्नो प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । माया प्रेममा कहिले नजिक त कहिले टाडा हुने अवस्था रहेपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।छैटो घरमा गोचर गर्ने बुधले मनोरञ्जनात्मक तथा बौद्धिक पुस्तक पढ्ने समय मिल्नेछ भने लेखन तथा बाद्य बाधनमा ख्याति कमाउँन सकिनेछ । महिनाको पहिलो हप्तासम्म पञ्चम भावमा गोचर गर्ने शुक्रले बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ भने धन तथा बैभव प्राप्त हुँनेछ । पहिनाको दोस्रो हप्ताको पुर्वाद्धमा छैटो स्थानमा गोचर गर्ने शुक्रले दुर्घटना तथा जीवन साथि सँग मनमुटाब सिर्जना नगराउँदा भन्न सकिन्न ।

कर्कट (ही,हू ,हे, हो, डा, डी, डु, डे, डो )यो महिना मिश्रित फल पाईने छ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । स्वास्थ्य सम्बन्धि बिशष गरि पेट सम्बन्धि समस्याले पिरोल्ने छ भने मानशिक तनाब बढ्ने तथा शारिरिक थकान महशुष हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ ।निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनुहोला गलत ब्याक्तिहरुको सल्लाहमा गलत निर्णयहरु हुन सक्छन् । पढाई लेखाईमा ध्यान नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।महिनाभर नै पञ्चम भावमा बस्ने बुधले बनाएका योजनाहरु बिफल हुन्छन् भने धन हानी हुने योग रहेकोछ । चौथो तथा पञ्चम भावमा गोचर गर्ने शुक्रले उत्तम भोजन, मन पर्ने बस्त्र तथा बिलाशि बस्तुको प्रयोग गर्न सकिनेछ । मन परेको साथिसँग सिनेमा हल तथा रमाईलो ठाउको यात्रा गर्न सकिने समय रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई,खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवारका आवस्यक्ताहरु पुर्ति गर्न सकिनेछ ।बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुँनेछ । भौतिक सम्पति आकस्मिक लाभ हुँनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ ।तेस्रो तथा चौथो भावमा गोचर गर्ने शुक्रले प्रतिष्पर्धिहरुलाई परास्त गर्न सकिनेछ भने दाजुभाईको सहयोग पाईनेछ । बिलाशी बस्तुको प्रयोग गर्न पाईने तथा आकस्मिक रुपमा धन प्राप्त हुँने ग्रहयोग रहेकोछ ।

कन्या (टो, पा, पी,पु,ष,ण,ठ,पे,पा)बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिने तथा नतिजा आफ्नै हातमा पर्नेछ । लेखन कलाको बिकास हुने तथा मनोरञ्जनात्मक किताबहरु अध्यन गर्ने अवसर प्राप्त हुनेछ । सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछ ।पुरानो लेनदेन सम्बन्धि कारोबारहरु सल्टिनेछ भने संकट ब्याबस्थापनका लागि चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउँनेछ । राजनितिकर्मिहरुले जनताको मन जिति पद प्राप्त गर्ने समय रहेकोछ भने व्यापार यातायात तथा ट्राभलजेन्सिको व्यावसाय फस्टाएर जानेछ । भाग्यले साथ दिने हुदा सानो प्रयत्नले राम्रा कामहरु बन्नेछन् ।लामो तथा छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने कुनैपनि कामहरु सममयमा सम्पन्न हुँदा आर्थिक रुपमा सुदृड हुन सकिनेछ । शरिरका दाहिने तथा कान सँग सम्बन्धित अंगहरुमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)समग्रमा महिना राम्रो रहेको छ । गर गहना तथा आभुषणको व्यपार व्यावसायबाट मनग्गे धन लाभ हुनेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ ।नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ भने बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुँनेछन् । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ ।शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । पहिलो तथा द्धितिय भावमा गोचर गर्ने शुक्रले स्त्री शुख तथा सन्तान प्राप्तीको योग बनाउँदछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने गीत संगीतको क्षेत्रमा समय दिनेहरुले प्रसस्त रुपैया पैसा कमाउँन सक्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू)बिद्या तथा प्रतिश्पर्धामा सहभागि हुने बिद्यार्थिहरुले आफ्नो पक्षमा नतिजा ल्याएर घर परिवार तथा गुरुवर्गहरुलाई खुसि पार्नेछन् । फेन्सि,बिलासि तथा तरल पदार्थको ब्यापार ब्याबसाय फस्टाएर जाने तथा साथिभाईसँग जमघट भई नँया नयाँ दृष्यहरुको अवलोकन गर्ने अवसर जुर्नेछ ।माया प्रेममा नजिक हुँने समय रहेकोछ भने सुयोग्य बर बधुको लगन गाठो बाधिनेछ । राज्यको नजिक रहेर वा राजनिति गर्नेहरुले पद तथा प्रतिष्ठा प्राप्त गर्नेछन् । लेखन कला तथा साहित्यको क्षेत्रबाट नाम तथा दाम कमाउँन सकिनेछ ।उदेश्य प्राप्तीको लागि गरिने कामहरुमा अलि बढिनै समय खर्चनु पर्नेछ भने स्वास्थ्य सबल हुँने हुँदा पुराना तथा थाति रहेका कामरु ग्र्न सकिनेछ । खेलकुद तथा शाहसी क्रियाकलापमा भाग लिई नाम कमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)महिना मध्ययम रहेकोले लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला । बिदेशमा उत्पादित सामानहरुको व्यापार व्यावसाय फस्टाएर जाने भएपनि स्वादेशि सामानको व्यापारबाट लाभ लिनको लागि प्रशस्त समय खर्चिनु पर्नेछ । बिदेशमा बसेर श्रम गर्नेहरुका लागि समयले साथ दिनेछ ।खानपान तथा मौसमको ध्यान दिनुहोला शरिरमा पेट,आखा तथा उच्च रक्तचाप देखिनेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन रहनेछैन भने राज्यको संयन्त्रमा रहेर काम गर्नेहरुले गलत कामलाई प्रोत्साहन दिदा दण्ड तथा जरिवाना तिर्नु पर्नेछ । खर्च बढ्नेछ भने आफन्तत तथा मित्रहरु टाडिनेछन् ।न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुँदा र्ईज्जत प्रतिष्ठामा दाग लाग्नेछ । महिनाभरि एघारो तथा बाह्रौ भावमा गोचर गर्ने शुक्रले आफ्नो प्रयोगको लागि बिलाशि भौतिक सम्पति तथा साधन प्राप्त हुँने भएपनि व्यापारमा भने घाटा लाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो, ख, खी, खू,खे, खो,गा,गी)यो महिना खनिज पदार्थ तथा फालि फलामजन्य व्यावसायमा लगानि गर्नेहरुले आम्दानिका स्रोतहरु फराकिला बनाउँन सक्नेछन् । वादबिवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निणयहरु तपाईकै पक्षमा हुनेछन् ।लेखन कलाको माध्यामबाट आफ्ना ओजिला भनाईहरु जनमानसमा पुर्याउँन सकिनेछ । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छरछिमेकिबाट काममा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । राज्यको नजिक भएर गरिने कामहरुबाट प्रसस्त फाईदा हुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।रमाईलो तथा महत्वपुर्ण यात्राको तय हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफनै पक्षमा ल्याउँन सकिनेछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गरि आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । स्वास्थ्य सबल हुने तथा आध्यात्मतिर ध्यान जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा)राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँनेछ भने समाजमा जनताको काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुनुको साथै सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ ।समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

मीन (दी,दू ,थ,झ,ञ,दे,दो,चा,ची)यो महिना मिन राशि हुनेहरुका लागि मिश्रित फल प्राप्त हुँनेछ । समयमा काम नसकिने तथा झुटा आरोपहरु लाग्न सक्छन् ध्यान दिनुहोला । धन सम्पतिको हानि हुँने,आम्दानिमा कमि आउँने तथा स्वास्थ्यमा समस्या आउँनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको आलोचना तथा अपमान सहनु पर्नेछ ।

लामो धार्मिक तथा शैक्षिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । धर्म शाष्त्र तथा शिक्षामा बिरोध गर्नेहरुकै लाईनमा तपाईको उपश्थिति रहन सक्छ आफुलाई सम्यम राख्नुनै उचित हुनेछ । महिनाभर अष्टम तथा नवौ भावमा गोचर गर्ने शुक्रले भने केहि शुभ संकेतहरु दिनेछ ।सौन्द्रर्य तथा बिलाशि बस्तुको व्यापारबाट धन आम्दानी गर्न सकिनेछ । आफन्त तथा कुटुम्बबाट धन तथा सम्पति हात लागि हुने योग रहेकोछ । दाजुभाईहरुको समयोग पाईने हुदा मन प्रशन्न रहनेछ ।

प्रतिक्रिया दिनुहोस्