Logo

नायक पल शाह किन गएनन् त नायिका आँचल शर्मा को विहेमा यस्तो छ कारण !

विहिवार आँचल शर्माले आफ्नो एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरेकी छन् । उनले प्रेमी उदिप श्रेष्ठसंग लगनगाँठो कसेकी हुन् । आँचलको विवाह अघि उनको पल शाहसंग नजिकको सम्बन्ध थियो । दुवै जनाले एक अर्कालाई मिल्ने साथी बताउँदै आएका थिए । तर आँचलको विवाहमा सबै कलाकार पुग्दा पल भने पुगेनन् । पललाई आँचलको विवाहमा नदेखेपछि विभिन्न अड्कल गरिएको छ ।

पल शाह ललितपुरको गोदावरीमा एउटा म्युजिक भिडियोको सुटिगंमा ब्यस्त रहेका थिए । उनले त्यो कुरा सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले फेसवुकमा लाइभ आउँदै आफु दिनभर ब्यस्त भएको बताएका थिए । उनलाई फेसवुक लाइभमा आउँदा आँचलको विवाहमा किन नजानुभएको हो ? तपाईलाई आँचलले निम्ता कार्ड पठाएकी थिइनन् ?

भनेर पनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै पलले आफु दिनभर ब्यस्त भएका कारण आफु जान नपाएको बताएका छन् । उनले आँचलले आफ्नो विवाहको निम्ता कार्ड भने पठाएको पनि बताएका थिए ।

तर आँचल शर्मा र पल शाहले एक अर्कालाई इन्स्टाग्राममा अन्फालो गरेको खुलेको छ । पल शाह र आँचल शर्माले संगै नाइँ न भन्नु ल ४ बाट डेब्यु गरेका थिए । यस चलचित्रको सफलता संगै यी दुईले धेरै म्युजिक भिडियोमा संगै काम समेत गरेका थिए । काम संगै यी दुई मिल्ने साथी समेत बनेका थिए । तर अहिले आँचल शर्माको विवाह भएसंगै यी दुईले केहि समय अघि एक अर्कालाई इन्स्टाग्रामबाट अन्फलो गरेको पाइएको छ ।

यी दुईको फ्यानहरुले सामाजिक संजालमा यहि कुरालाई लिएर प्रश्न उठाईरहेका छन् । आँचल शर्माले पल शाहलाई विवाहको निम्तो कार्ड पठाएकी छिन् । आँचल शर्माले आज प्रेमी उदिप श्रेष्ठ संग विवाह बन्धनमा बाँधिएकी छिन् । ‘नाइँ नभन्नू ४’ बाट डेब्यु गर्दै नेपाली फिल्म क्षेत्रमा सक्रिय बनेकी आँचल पछिल्लो समय उदिप श्रेष्ठसँग प्रेममा थिइन् । विहिवार राजधानीमा यो दुई जोडीको भव्य समारोहको आयोजना गरी बिहे भएको हो ।

विहिवार पारिवारिक माहोल बीच आंचलको विवाह सम्पन्न भएको छ । बुढानिलकण्ठ स्थित पार्क भिलेजमा विवाह सम्पन्न भएको हो । आँचल शर्माले चलचित्र छेत्रका निकट साथीलाई मात्र विवाहमा निम्त्याएकी छिन् भने मिडियालाई भिडियो फोटो लिन अनुमति दिएकी छैनन् । चैत १ गते शनिवार भने भव्य रिसेप्सन पार्टी आयोजना गर्दैछिन् ।

आँचल शर्माका श्रीमान् पेसाले मेडिकल डाक्टर हुन् । केही वर्ष देखिको चिनजान पश्चात प्रेममा परेका यो जोडी आज विवाह बन्धनमा बाँधिएका हुन् । आँचलले करिब ६ महिना अघि मात्र आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् । विवाह समारोहमा सीमित आफन्त र सिनेकर्मीलाई निम्ता गरिएको थियो । बुढानीलकण्ठस्थित होटल पार्क भिलेजमा आँचल र उदिपले हिन्दू परम्पराअनुसार बिहे गरे ।

प्रतिक्रिया दिनुहोस्