Logo

काेराेना भाइरसबारे सत्यतथ्य बुझ्न १११५ मा फाेन गर्न सकिने बेबस्था मिलायको छ !

 

कोरोना भाइरस (काेभिड–१५) बारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो ।

महाशाखाका निर्देशक वासुदेव पाण्डेले कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।यो नम्बरमा आउने फोन उठाउन ६ जना कर्मचारी खटाइएको पनि उहाँले उज्यालोलाई जानकारी दिनुभएको छ । कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्