Logo

बहिनीलाई बिहे गरी अन्माउँदा रोए बापत दाईलाई सजायँ !

आफ्ना दिदी बहिनीलाई बिहे गरी अन्माउँदा जो कोही दाजुभाईको मन रुन्छ । तर रुसको चेचेन्यामा चाहीँ बहिनीको बिहेमा रोएबापत एकजना दाईले सजायँ भोग्नुपरेको छ ।

बहिनीको विवाहको रोएको अभियोगमा एकजना पुरुषलाई सार्वजनिक रुपमा माफी मगाइएको छ । रुनु चेचेन्याको परम्परा विपरित हुँदो रहेछ । धार्मिक नेता रमजान कदीरोवका अनुसार बिहेको बेला रोएर ती युवकले चेचेन्याको परम्पराको उल्लंघन गरेका छन् ।

एक त बहिनीको बिहेमा दाई जानै नपाइने । अझ गएर रोइदिएपछि त नियमको घोर उल्लंघन नै भयो । अन्ततः ती युवकमाथि कारवाही गर्ने निधोमा गाउँ पुग्यो । सजायँ स्वरुप ती युवकले सार्वजनिक रुपमा माफी मागे ।

प्रतिक्रिया दिनुहोस्