Logo

टिपरले फेरी लियो ज्यान भक्तपुरमा टिपरको ठ’क्करबाट १८ महिने शिशुको मृ’त्यु !!

भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा मिनी टिपरको ठ’क्करबाट १८ महिने शिशुको मृ’त्यु भएको छ । जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठ’क्कर दिँदा १८ महिने शिशिर मोक्तानको मृ’त्यु भएको हो ।टिपरको ठ’क्करबाट घा’इते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

शिशिर सर्लाहीको जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा हुन् । ईश्वर मोक्तान सोही इँटाभट्टामा काम गर्दछन् ।टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्