Logo

चैत्र १ देखि ७ गतेसम्मकाे साप्ताहिक राशिफल हेर्नुस् र मनकामनाकाे दर्शन गर्नुस् !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता रोकिएको धन हात पर्ला । नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । समाजिक कार्यमा मन जाला । जोश जाँगर र हिम्मत बढ्नेछ । बोलीको प्रभावबढ्दै जानेछ । आकस्मिक समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । शुभ समाचारपनि सुन्न पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको अन्त्यमा दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग खौरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी कार्य आरंभ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता घर परिवारमा धार्मिक कृत्यको योगछ । पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । छोटो दुरीको लाभदायक यात्रा होला । सांस्कृतिक क्षेत्रमा रुचीपनि बढ्नेछ । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । अनावश्यक र फजुलमा खर्च बढ्नेछ । मालसामान हराउन सक्छ । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पारिवारिक भेटघाटले मन प्रसन्न रहला । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको दर्शन गरी आफ्नो कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो सतामा लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । प्रेममा मधुरता छाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । राज्यबाट मान सम्मानपनि पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सामाजिक कार्यमा मन जानेछ । सानातिना बाधा आइलागे पनि आफ्नो काम रोकिने छैन । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । वैचारिक मनमुटाव बढ्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा कीर्तिमानी काम गर्ने समय छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको धनपनि हात पर्न सक्छ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । यात्रामा मालसामान हराउन सक्छ । चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । बुधबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नयाँ स्थानबाट आर्थिक लाभपनि मिल्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता शुभकार्यको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बाजारबाटपनि फाईदा हुनेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग घ्यूरंग वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मनमा उत्साहका साथै बोली विक्ने समयछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आस मारिसकेको काम बन्नेछ । विद्यामा सफलता र मान प्रतिष्ठामा बृद्धिपनि होला । साताको मध्यमा आर्थिक कारोवारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति आउनेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग पहेँलो वा गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । घरमा अतिथीको आगमन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । साझेदारीको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मानसिक चिन्तापनि बढ्ला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । मनमा दुविधापनि हुनेछ । मध्य सातामा भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग गुलाबी वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्