Logo

प्रदेश २ जनकपुरमा घरेलु मदिरा सेवनबाट मर्नेको सङ्ख्या १५ पुग्यो, शोकमा डुब्यो गाउँ !

घरेलु वि’षाक्त म’दिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा वि’षाक्त म’दिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा वि’षाक्त म’दिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

आज मृ त्युु हुनेमा मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेका छन् । होलीका अवसरमा रक्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ र मिथिला र झगरुको आज मृ त्यु भएको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा शुक्रबारसम्म १२ जनाको मृ त्यु भइसकेको थियो ।

सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् । म’दिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकका अनुसार उनीहरूले होलीमा अत्यधिक घरेलु म’दिरा सेवन गर्दा मृत्यु भएको बताउनुभयो । प्रनि नायकले भन्नुभयो, “उनीहरूले स्थानीय पसलबाट म’दिरा खाएको र कुन म’दिरा खाएको हो पुष्टि गर्न अनुसन्धान थालेका छौँ ।” उहाँले स्थानीय केही पसलबाट म’दिरा नियन्त्रणमा लिएर विषालु हो÷होइन जाँच गर्न पठाएको बताउनुभयो । प्रनि नायकले अवैध घरेलु म’दिरा बेचेको आरोपमा स्थानीयवासी रामनन्द साह र तारापट्टीबाली भनिने छठियादेवी चौधरीलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको बताउनुभयो ।

सारा गाउँ शो’कमग्न : अहिले वि’षाक्त घरेलु म’दिराले निम्त्याएको मानवीय क्षतिका कारण सारा रमदैया गाउँ नै शो’कमा डुबेको छ । म’दिरा सेवनबाट मृत्यु हुनेहरु प्रायः गरिब विपन्न र दलित समुदायका छन् । दैनिक ज्याला मजदूरी गर्ने घरपरिवारमा कमाउने व्यक्तिको मृत्युपछि बालबच्चा, वृद्धवृद्धा बाबुआमा तथा श्रीमतीको बिच्चली हुने अवस्थामा छन् ।

७० वर्षीया वृद्धा सिलोचनादेवी मण्डलले शत्रुधन र रामविलास दुई जवान छोरा गुमाउनु परेको छ भने अर्का छोरा पनि भरत पनि अस्पतालको सघन उपचार कक्ष ‘आइसियू’मा जीवनमरणको दोसाँधमा छन् । छोराहरु गुमाएको पीडा र अर्का छोराको गम्भीर अवस्थाबारे सुनेर वृद्धा सिलोचना पनि मुर्छा परेका छन् । घरीघरी होसमा आउँदा एउटै वाक्य दोहो¥याउँछिन्, ९“छोराहरुलाई भगवान्ले खोसे र म बूढी किन जिउँदै छु ।”

उनीहरु तीनैजना दाजुभाइले छिमेकी शम्भु चौधरीको पसलबाट घरेलु म’दिरा ल्याएर खाएका थिए । अहिले घटनाबारे थाह पाएर शम्भु फरार छन् । त्यसैगरी मृत्यु हुनेमध्येका वैदेशिक रोजगारीमा मलेसिया रहेको रामविलास १० दिनअघि मात्रै घर फर्केका थिए । तीन छोरी र एक छोरा रहेका रामविलासको घरको आर्थिक अवस्था दयनीय छ । रामविलासकी श्रीमती फुलो देवी पनि अहिले अचेत अवस्था छिन्, फुलो देवी होसमा आउँदा रुँदै भन्छिन्, “मेरो संसार नै उजाडियो, घरमा कमाउने अब कोही छैन, २० लाखभन्दा बढी ऋण छ । अब कसरी तिर्ने रु छोरीहरूको विवाह कसरी गर्ने रु”

त्यस्तै मृत्यु हुने अर्का ब्रह्मदेव यादव अघिल्लो साता मात्र भारतको दिल्लीबाट फर्र्किएका थिए । दिल्लीमा एक–एक चाइनिज कम्पनीमा काम गरिरहेका ब्रह्मदेव कोरोना त्रासका कारण कम्पनी तत्कालका लागि बन्द भएपछि घर फर्केका थिए । भाइसँग बसेर बुधबार म’दिरा पिएका उनको बिहीबार दिउँसो मृत्यु भयो । शुक्रबार ज्यान गुमाएका इन्द्रजीत महराले सानो किराना पसल चलाएर घरपरिवार पाल्दै आएका थिए । अन्य मृतक रामविलास महरा र राजु महरासँगै बसेर उनले घरेलु म’दिरा सेवन गरेर बिरामी भएका थिए । उपचारका लागि धरान लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भयो ।

डेढ वर्षअघि अञ्जु महरासँग विवाह गरेका इन्द्रजीतको ६ महिनाकी छोरी छिन् । घरमा कमाउने इन्द्रजीत मात्रै थिए । श्रीमान्को मृत्युले अञ्जु पनि अचेत अवस्था छिन् । इन्द्रजीतकै घरको अवस्था रामविलास, राजु र गदरी महराको घरमा छ । उनीहरू सबै छिमेकी हुन् ।

नक्कली म’दिरा उत्पादन र बिक्री : धनुषामा वार्षिक करीब तीन करोडभन्दा माथिको नक्कली म’दिरा उत्पादन र बिक्री वितरण भइरहेको छ । धनुषा प्रहरी स्रोतका अनुसार जिल्लामा दैनिक १० हजार लिटर अवैध घरेलु म’दिरा उत्पादन हुन्छ । दैनिक पाँच हजार लिटर त जनकपुर बजारमै आउँछ । आन्तरिक राजश्व कार्यालय जनकपुरको तथ्याङ्कअनुसार धनुषामा क्षीरेश्वर डिस्टिलरी प्रालि, साङ्ग्रिला डिस्टिलरी प्रालि, छिन्नमस्ता डिस्टिलरी प्रालि र धनुषा डिस्टिलरी प्रालिले मात्र म’दिरा उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् ।

त्यसैगरी सर्लाहीको अमरावती मधुशाला प्रालिले हरिवनमा रक्सीको कच्चापदार्थ स्प्रिट उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । यसबाहेक उत्पादन हुने रक्सीहरु धनुषा, महोत्तरी र सर्लाहीमा अवैध मानिन्छन् । धनुषाका धनुषाधाम नगरपालिकाको धारापानी, मालटोल, राई होटेल, मगरटोल, गणेशमान–चारनाथ नगरपालिकाको वीरेन्द्र बजार, मिथिला नगरपालिकाको पुष्पवलपुर, मरधर क्षेत्रमा घरेलु म’दिरा बढी उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्