Logo

प्रदेश २ मा एक व्यक्तिलाई कोरोनाको शंका भएपछी काठमाडौं रिफर !

कोरोना भाइरस संक्रमण भएको आशंकामा धनुषाका एक बिरामीलाई काठमाडौं लगिएको छ। जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका १ का बिरामीलाई कोरोना संक्रमण भएको आशंकामा थप जाँच र परीक्षणका लागि काठमाडौं रिफर गरिएको हो।केही दिनअघि मलेसियाबाट फर्केका ती व्यक्तिलाई रुघा, खोकी र ज्वरो देखिएकाे थियो।

 

त्यसपछि कोरोना संक्रमण हुन सक्ने आशंकामा उनलाई धनुषाकै रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।तर यहाँ काेराेना चेकजाँच गर्ने सेवासुविधा नभएका कारण थप उपचारका लागि उनलाई सोमबार बिहान काठमाडौं पठाइएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्