Logo

चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला निर्वाचित,नविन गिरी अत्यधिक मत ल्याएर विजयी भए

नेपाली चलचित्रको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघको अध्यक्ष पदमा दिनेश सिटौला चुनिएका छन् । सिटौलाको समर्थनमा ७० मत खसेको थियो भने अध्यक्ष पदमा नै उम्मेदवारी दिएका डब्बु क्षेत्रीको समर्थनमा ३९, अनिल यादबको १४ र गिता अधिकारीको १४ मत खसेको थियो ।

सोमबार काठमाडौँमा सम्पन्न आठौं अधिवेशनमा उपाध्यक्ष पदमा जीवन पराजुली एक बढी मतले जितेका छन् । उनीसंगै उम्मेदवारी दिएका कुबेर गिरीको नाममा ७३ मत खसेको थियो भने जीवनको नाममा ७४ मत । महासचिवमा चुनिएका समिर बलामीको नाममा ८८ र उनको प्रतिस्पर्धी बैकुण्ठ पराजुलीको नाममा ५० मत मात्र खसेको थियो । सचिवमा चुनिएका रघुनाथ सापकोटाको नाममा १०५ र उनको प्रतिस्पर्धी आकाश खड्काको नाममा ३१ मत मात्र खसेको थियो ।

त्यसैगरी कोषाध्यक्षमा प्रदीप कार्की (निर्बिरोध) र सह-कोषाध्यक्षमा विनोद पोख्रेल चुनिएका छन् । भने, सदस्य पदमा नविन गिरी अत्यधिक मत लियाएर विजय भएका छन् । गिरिले १३८ मतमा १०५ मत लिएर बिजय भएका छन् ।

त्मयसै गरि मनिष अन्जान (८२), गोपीकृष्ण चापागाईं(७५),आशिष ओली (६९), मिलन ढुंगाना (७६) ,सृष्टि पोखरेल(६६) र सुरक्षा भट्टराई (महिला) निर्बिरोध मतका साथ चुनिएका छन् । निर्वाचनमा कुल १३८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्