Logo

कतारले विमानस्थलबाटै २० नेपाली फर्कायो , नेपालले विमानस्थलबाट फिर्ता पठायो ३६ विदेशी !

कोरोना भाइʼरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई वेवास्ता गर्ने कामʼदारलाई कतारले फिर्ता पठाʼइदिएको छ ।दुई जना दुई दिन अघि र १८ जना सोʼमबार फिर्ता भएका हुन । खाडी मुलुकले पछिल्लो समय काʼमदारलाई सेल्फ क्वारेʼन्टाइन र सामूहिक क्वारेन्टाइनमा राखेको छ ।कामदार क्वारेन्टाʼइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइʼदैन् ।

त्यसबारे दूʼताबासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वदेश फर्काइदिएको परराष्ट्रका अधिʼकारीले बताए ।कताʼरको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ ।यता, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

अध्यागमनले कोरोना भाइरस नभएको ब्यहोरा लेखिएको स्वास्थ्य प्रमाण पत्र नल्याइ प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई फिर्ता(इन्ट्री रिफ्युज्ड) गरेको हो ।

प्रतिक्रिया दिनुहोस्