Logo

कोरोना भाइरसको कारण २१ वर्षीय फुटबल प्रशिक्षकको ज्यान गयो !

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव सबैजसो क्षेत्रमा देखिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट स्पेनमा २१ वर्षीय युवा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको छ । उनी कोरोना भाइरसबाट ज्यान गुमाउने सबैभन्दा कम उमेरका पीडितमध्ये एक हुन् ।

फ्रान्सिस्को गार्सिया मलागाको क्लब एथ्लेटिको पोर्टाडाको जुनियर टिमको प्रशिक्षक हुन् । क्यान्सर पीडित गार्सियाको अस्पतालमा ज्यान गएको क्लबले जानकारी दिएको छ । क्लबले शोक प्रकट गर्दै भनेको छ, ‘गार्सियाको निधनले हामी दुःखी छौँ, उनको परिवारमा हाम्रो समवेदना छ । हामी तिमीलाई कहिल्यै भुल्न सक्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस्