Logo

प्रदेश २ को नाम ‘जानकी’ राख्ने नेकपाको प्रस्ताव बहुमतले अस्वीकृत !

प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ ।प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशको नाम जानकी राख्ने प्रस्ताव गरेको थियो । तर, नेकपाको प्रस्तावको पक्षमा ३७ मत मात्रै खसेको छ ।

नेकपाको प्रस्तावको विपक्षमा ७० मत खसेको छ । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नम्बर २ को प्रदेशसभामा कूल सदस्यसंख्या १ सय ७ मध्ये दुईतिहाई बहुमत जुटाउनका लागि ७२ मत चाहिन्छ ।प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाका ३२ सांसद छन् । यस्तै, सत्तारुढ दल समाजवादीको ३०, नेपाली कांग्रेसको २९, सत्ता साझेदार राजपाको २५ र संघीय समाजदावीको १ सिट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्