Logo

खबपुले पोखे आ’क्रोश, कमेडी च्याम्पियन भित्रको त्रुटी खुलासा गर्दै हार बारे यस्तो भने !(हेर्नुहोस भिडियो सहित )

कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भए संगै खड्ग बहादुर पुनका समर्थकहरुले कार्यक्रम बाहिर विरोधको नाराबाजी सुरु भएको थियो । यही विषयमा आज खबपुले पत्रकार सम्मेलन गर्दै आफ्नो कुराहरु भनेका छन् ।

खबपुले पत्रकार सम्मेलनमा भने, “बजारको हल्लाले गर्दा मेरो बारेमा धेरै कुराहरु आएका छन् । अहिले म विवाद बारे बोल्दिन धेरै तर कमेडी च्याम्पियनको भित्रि त्रुटीहरु धेरै छन् जुन समय अनुसार भन्दै जान्छु । अहिले नै धेरै विवाद बारे बोल्दिन किनभने मैले धेरै कुराहरु गर्न बाँकी नै छ कमेडी च्याम्पियनसंग । म अझै एक वर्ष सम्म कमेडी च्याम्पियन संगै हुन्छु र यो सबै कुराहरु गर्दै जानेछु ।”

खबपुले दर्शकहरुलाई धन्यवाद दिंदै भने, “मैले यो अवसर पाएको छु कि मेरो प्रस्तुतिहरु दर्शकहरुले हेरिदिनु भयो र मन पराईदिनु भयो । मलाई सपोर्ट गरेर भोट गरिदिनु हुने सबैलाई धन्यवाद दिन्छु । यदि मेरो परिवारले गाउँबाट भोट गर्न सक्ने हुनुभएको भए सायद म जित्थे कि जस्तो पनि लाग्छ । तर जे रिजल्ट आयो त्यसलाई स्वीकार्दै खुशी साथ सबैलाई धन्यवाद दिन चाहन्छु ।”

खबपुले नजितेकोमा विरोध भए संगै पत्रकार सम्मेलन गरेका हुन् । कमेडी च्याम्पियनका निर्माताहरुले समेत कुनै धाँधली नभएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्