Logo

प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने प्रस्ताव पनि अस्वीकृत

प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि प्रदेशसभाले अस्वीकृत गरेको छ ।सोमबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत पर्‍यो भने विपक्षमा ७९ मत खसेको छ । प्रदेश सभामा कांग्रेसको १९ जना सांसद छन्, तर ९ मत बढी परेको छ ।

यसअघि प्रदेशको नाम जानकी राख्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रस्ताव पनि प्रदेशसभाले अस्वीकृत गरेको थियो । नेकपाको प्रस्तावको पक्षमा ३७ मत आएको थियोे भने विपक्षमा ७० मत आएको थियो ।प्रदेशसभामा १०७ सांसद छन् र, नामबारे निर्णय गर्न चाहिने दुई तिहाई अर्थात ७२ सांसद कुनै पनि पार्टीसँग छैन ।

प्रतिक्रिया दिनुहोस्