Logo

सरकारले कोरोना सङ्क्रमण नभएको भन्दै ढाँटेको वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितको खुलासा !

सरकारले संकास्पद व्यक्तिमाथि कोरोना भाइरसको परीक्षण नै नगरेको आरूप लागेको छ।डा. सुन्दरमणि दीक्षितले केहि किटबाट भीभीआइपीको मात्र परिक्षण गरिएको र अन्य शंकास्पद व्यक्तिमा परिक्षण नै नगरेको आरोप लगाएका हुन् ।सरकारले कोरोना भाइरसको संक्रमण एक जनामा पनि नदेखिएको बताइरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले यस्तो बताएका छन् ।

कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दैउनले भएका केही किटबाट भीभीआइपीको मात्र परीक्षण मात्र भएको आरोप लगाए ।डा. दीक्षितले भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाए।‘हामीलाई के भनिएको छ भने हाम्रो यहाँ त आएकै छैन एउटालाई मात्रै देखिएको थियो नेपालमा त कोरोना भाइरस छँदैछैन टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त?’ उनले भने। उनले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको समेत दाबी गरे।

सरकारसँग भएका केही किटहरु भीभीआइपीको परीक्षणका लागि मात्र प्रयोग गरिएको समेत आरोप लगाए। यो अवस्था खतरनाक भएको उनको भनाइ थियो। एकदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भए पनि सरकारले परीक्षण नगरेको उनले सुनाए।उनले आफ्नो अस्पतालमा अझै पनि ३ जना संकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परीक्षण नगरिदिएको जनाए।

साक्षत्कारमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताएका थिए।कालोबजारी गरेको पाइए र कसैले पनि यही मौकालाई छोपेर कमाउने धन्दामा लाग्ने, कृतिम अभाव सिर्जना गर्ने गरेको पाइएमा हामी कुनैपनि हालतमा छोडदैनौं, निर्दयीपूर्वक प्रस्तुत हुन्छौं’, उनले भने।

प्रतिक्रिया दिनुहोस्