ओली सरकारलाई अर्को ठुलो सफलता !
बहुचर्चित ४५६ मेवाको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको छ ।सोमवारबाट आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको हो ।
सोमवार ९ः३० बजेबाट जलासयमा पानी जम्मा गर्न शुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए ।आयोजनाको हेडवर्क्सको परीक्षण अन्तर्गत बाँध, मुहान, गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिने छ ।हेडवर्क्सपरीक्षणका लागि तामाकोशी नदीमा एक तिहाई पानी छोडी बाँकी पानी ड्याममा जम्मा गर्न शुरु गरिएको प्रवक्ता न्यौपानेको भनाई छ ।
आयोजनाको बाँध २२ मिटर अग्लो तथा ६० मिटर लामो रहेको छ । हेडवर्क्सका संरचनाहरुको परीक्षण चैत २२ गतेसम्म जारी रहने छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।