Logo

काठमाण्डौका यी माहान घरधनी, जसले कोरना भाइरससंग लड्न क्वारेन्टाइनको लागि आफ्नो घर नि:शुल्क दिदै !

विश्वमा कोरोना भाइरस को त्रास फैलिरहेको बेलामा नेपालमा पनि सजगता अपनाइएको छ । नेपालमा अहिले सम्म कोरोनाको संक्रमण नदेखिएपनि भित्रिन नदिन सावधानी अपनाइएको छ । सरकारले औषधी र अस्पतालको ब्यवस्था गरेको जनाएको छ । सरकारलाई कोरोना विरुद्ध सजगता अपनाउन सहयोग गर्दै स्थानिय तवरवाट पनि आह्रवान हुन थालेको छ । काठमाडौंमा हुन सक्ने कोरोनाको संक्रमणवाट बचाउन काठमाडौंका २ जना घरधनीहरुले आफुहरुको घरलाई नै क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई आह्रवान गरेका छन् ।

कोरोना विरुद्धको लडाई सरकारको मात्र नभएर सर्वसाधारणको पनि दायित्व भन्दै उनीहरुले आफ्ना घरलाई क्वारेन्टाइनक रुपमा प्रयोग गर्न आह्रवान गरेका हुन् । कोरोनाको आशंका गरिएका ब्यक्तिलाई १४ दिन सम्म राख्न आफ्ना आलिशान भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न आह्वान गरेका छन् ।काठमाडौं सिफलका चिराग गोयल र कुलेश्वरका लाल चन्द्र गौतमले यस्तो आह्वान गरेका हुन् । उनीहरुले सामाजिक सञ्जाल फेसवुकमा आफ्ना ति घर सार्वजनिक गर्दै क्वारेन्टायनमा बस्न निशुल्क रुपमा उपलब्ध गराउने बताएका छन् ।

आलिशान देखिने ति घर सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेका हुन् ।काठमाडौंको सिफल स्थित आफनो आलिशान घर देखाउँदै चिराग गोयलले फेसवुकमा लेखेका छन्, ‘यो सिफल, काठमाडौंमा रहेको हामो खाली घर हो । एक विदेशीले काठमाडौंमा एक्लै बस्नको लागि ठाउँ खोजिरहेको र होटलमा बस्न नसक्ने अवस्थामा रहेको पोस्ट देखे,’ ‘त्यसैले हामीले हाम्रो घरलाई १४ दिनको क्वारेन्टाइन अवधिको लागि निःशुल्क रहन (बस्न) दिने निर्णय लिएका छौं ।’गोयलले आफ्नो घरमा ९ वटा कोठा रहेको र २ वटा छतहरुलाई पनि कोठा बनाउन सकिने पनि उल्लेख गरेका छन् ।

उनले कोरोना भाइरससँग लड्न सरकारले सबैलाई क्वारेन्टाइनको व्यवस्था गर्न नसक्ने भएकाले आफूहरुले सहयोग गर्न लागेको बताएका छन् । उनले अझै अगाडी बढेर भनेका छन् कोरोनासंग जुध्नका लागि सरकारले चाहे आफ्नो खाली घरलाई अस्थायी अस्पताल बनाउन चाहे पनि उपलब्ध गराउन चाहन्छु ।यस्तै काठमाडौंकै अर्का घरधनी लालचन्द्र गौतमले पनि आफ्नो कुलेश्वरमा रहेको आफ्नो खाली घरलाई पनि क्वारेन्टायनका लागि प्रयोग गर्न सकिने बताएका छन् । विक्रीका लागि राखेको घर अहिले खाली छ । त्यसैले त्यो घर पनि क्वारेन्टाइनका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

गौतमले आफ्नो घरमा ३ वटा फ्लोरमा २ वटा वेडरुम सहितको कोठा, २ वटा किचेन र २ वटा लिभिङ रुम रहेको उल्लेख गरेका छन् । ‘मलाई थाहा छ नेपाल सरकारले रातारात नयाँ अस्पताल बनाउन सक्दैन, त्यसैले म आफ्नो घर अस्थायी अस्पतालको लागि निःशुल्क उपलब्ध गराउन चाहन्छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो घर हामी कोरोना भाइरस मुक्त नेपाल भए पछि मात्र बिक्री गर्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्