Logo

नेपाल मात्र कोरोना भा’इरस सं’क्रमणको समाधान भएको देशको सूचीमा, विश्वभर नेपालको चर्चा !

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी रुप लिएको छ। अनियन्त्रित रुपमा फैलिएकै कारण विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ ।आइतबार सार्वजनिक एक तथ्यांक अनुसार हाल सम्म कोरोना भाइरसको संक्रमण १४१ मुलुकमा देखा परिसकेको छ। शुरुवाती रुपमा चीनमा धेरैको ज्यान लिएपनि अहिले कोरोनाको संक्रमण युरोप र अमेरिकामा भयावह बन्दैछ। आइतबार मात्रै इटालीमा कोरोनाको संक्रमणबाट ३६८ जनाको ज्यान गएको बताएको छ।

इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या समेत १ हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ ।कोरोनाभाइरसबाट प्रभावित भएका युरोपेली फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ ।

जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ ।विश्वका शक्तिराष्ट्र समेत कोरोना संक्रमण रोक्न असमर्थ देखिएका छन्। इटाली जस्तो देशमा कोरोना भाइरसको संक्रमणले भयावह रुप लिएपछि अहिले विश्व आत्तिएको छ।विश्वका केहि मात्र देशमा कोरोना भाइरसको संक्रमण देखिएको छैन। उच्च जोखिममा रहेर पनि नेपाल भने हालसम्म भाग्यमानी देखिएको छ।

नेपालमा तत्कालको अवस्था सम्म एक व्यक्तिमा मात्रै कोरोना भाइरस भएको आधिकारिक तथ्यांक छ । संक्रमण देखिएका ती व्यक्ति निको भैसकेका छन्।यससँगै नेपाल संक्रमण पूर्ण समाधान भएको एक मात्र देश बन्न पुगेको छ।नेपालमा कोरोना भाइरसको संक्रमणको आशंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको पनि एक व्यक्ति भन्दा बढीमा संक्रमण देखिएको छैन। नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् सकारात्मक आएको बताए ।

प्रतिक्रिया दिनुहोस्