Logo

प्रदेश २ ले पाएन नाम, मधेश प्रदेश पनि अस्वीकृत !

प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा सोमबार भएको मतदान निरर्थक भएको छ । चार वटा नामका लागि मतदान भए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेन ।सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत पर्‍यो । दुई तिहाईका लागि १२ भोट पुगेन । प्रस्तावको विपक्षमा भने ४८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्