Logo

बिरामी राख्न टुँडिखेलमा नीला टेन्ट ,नेपाली सेनाले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको तयारीका

नेपाली सेनाले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको तयारीका लागि क्वारेन्टाइन बनाएको छ। सेनाले सैनिक मुख्यालय जंगी अड्डामा ५४ कोठाको टेन्ट तयार गरेको हो।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यक परेका खण्डमा उक्त क्वारेन्टाइनलाई प्रयोगमा ल्याइने बताए।

‘अहिले हाम्रो स्वास्थ्यकर्मीको टोलीलाई क्वारेन्टाइनबारे यहीँ तालिम दियौं। टेन्टलाई यहाँबाट हटाउँदैनौं। आवश्यक परेमा यसलाई नै क्वारेन्टाइन बनाउँछौं,’ उनले भने। सेनाले आफ्ना बाहिनीहरूमा रहेका स्वास्थ्यकर्मीलाई समेत क्वारेन्टाइनबारे तालिम दिएको छ।

प्रतिक्रिया दिनुहोस्