पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गरेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ जनकराज दाहालले तिरुवालाई रु ५०० धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बुढाथोकी तिरुवा ५०० धरौटीमा बुधबार रिहा भएको जानकारी दिए ।
गत फाुगन १८ गते काठमाडौंको राष्ट्रियसभामा आयोजित कार्यक्रमा प्रचण्डमाथि उनले जुत्ता प्रहार गरेका थिए ।
नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । तर उनले प्रहार गरेको जुत्ताले प्रचण्डलाई लाग्न पाएन । उनलाई तत्कालै सुरक्षाकर्मीले पक्राउ गरेर हिरासतमा लिएको थियो ।
प्रतिक्रिया