Logo

यी आमा छोरी जसले काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट ज्या’न गु’माए ! हार्दिक श्रद्धान्जलि

हिजो सोमबार काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट आमा-छोरीको मृ’त्यु भएको थियो । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठ’क्कर दिदाँ आमा-छोरी गम्भीर घा’इते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

खानीखोला गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय सुनीमाया तामाङ र उनकी छोरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमा–छोरीकै मृ’त्यु भएपछि अहिले पनौतीमा स्थानीयले प्रर्दशन गरेका छन् ।

टिपरको ठ’क्करबाट आमा छोरीको मृ’त्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि त’नाबग्र’स्त बनेको छ । स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले क’र्फ्यू आदेश जारी गरेको छ । बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्काे आदेश नभएसम्मका लागि क’र्फ्यू लगाइएको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्