Logo

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मनकामना केबलकार बन्द !

मनकामना केबलकारमा पनि कोरोना भाइरसको प्रभाव देखिएको छ। केबलकार व्यवस्थापन पक्षले विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द हुने भएको हो। ‘शनिबारदेखि लागू हुनेगरी चैत मसान्तसम्म केबलकार बन्द गर्ने निर्णय गरिएको छ,

’ ‘मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले भने। सरकारले पनि २५ जना भन्दा धेरै भिडभाड नगर्न निर्देशन दिइसकेको छ।गोरखाको मनकामनामा रहेको मनकामना मन्दिर दर्शनको लागि मात्रै केबलकारबाट दैनिक हजारौँ यात्रुहरुले सेवा लिँदै आएका छन्। केबलकारको चेरेस स्टेशनमा व्यवस्थापन पक्षले केही दिनयता नै कोरोनाबारे सचेतना कार्यक्रमहरू गर्दै आइरहेको थियो। उता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिनका लागि चितवनमा हाटबजार बन्द गर्न निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै जिल्लाभरका हाटबजार बन्द गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आज (बिहीबार)देखि नै लागू हुने गरी हाटबजार बन्द गर्न निर्देशन दिइएको जानकारी दिए ।

प्रजिअ भट्टराईले भने–‘आजैदेखि बन्द गर्न भनेका छौं, भोलि (शुक्रबार)देखि पूर्ण रुपमा हाटबजार बन्द हुन्छ ।’हाटबजार सबैभन्दा धेरै भिडभाड हुने स्थान हो । पछिल्लो समय सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्देशन दिए पनि हाटबजार तर्फ कसैको ध्यान गएको थिएन । हाटबजार बन्द गराउन चर्को दवाब आउन थालेपछि प्रशासनले अर्को सूचना नआएसम्मका लागि हाटबजार बन्द गर्न निर्देशन दिएको हो । यस्तै प्रशासनले सिनेमा हल, केबल कार बन्द गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्