Logo

विदेशमा रहेका कोही पनि नेपाली तत्कालै आउन पाउँदैनन् -नेपाल सरकार

बिहीबार सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले सरकारले तोकेका मुलुकहरुबाट चैतमसान्तम्म कोही नेपाली वा विदेशी नेपालमा आउन नपाउने बताएका हुन् ।अहिलेको अवस्थामा भिसा सकिएका वा बिरामी कोही पनि नेपाल आउन पाउने छैनन्,’ उनले भने, ‘ ‘जहाँ हुनुहुन्छ, त्यही बस्नुस् । स्वास्थ्य लाभ गर्नुस् । बाटो खुलेपछि आउनुस् ।’ उनले ती देशलाई ट्रान्जिट बनाएर कोही आउन नपाउने पनि स्पष्ट पारे ।

सरकारले चैतमसान्तसम्म विदेशमा रहेका नेपाली नेपालमा आउन नपाउने स्पष्ट पारेको छ ।सचिव बिडारीले भिसा सकिए पनि त्यहाँको सरकारले अहिलेको अवस्थामा त्यहीँ बस्ने व्यवस्था गरेको जानकारी दिए।सरकारले बुधबार विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका पश्चिम एसिया लगायत खाडी, यूरोप क्षेत्रका मुलुकहरूबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको थियाे ।

प्रतिक्रिया दिनुहोस्