Logo

नेपालमै कोरोना संक्रमित युवकलाई भर्ना लिन अस्पताल बाध्य !

कोरोना संक्रमितको आशंकामा स्वास्थ्यकर्मीले नै छुन अस्वीकार गरेपछि तीन दिनदेखि अलपत्र परेका एक युवक अस्पताल भर्ना भएका छन् । नवलपरासीका ३५ वर्षिय युवकलाई प्रादेशिक अस्पताल, बुटवलले भर्ना लिएको हो ।

चिकित्सक र अस्पताल प्रशासनबाटै अपहेलित ती युवकलाई चौतर्फी दबाबपछि गएराति बुटवल अस्पतालले भर्ना लिएको हो । बिरामीको नमुना परीक्षणका लागि शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ ।

जिल्ला अस्पताल परासी र प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमितलाई उपचार गर्नकै लागि आइसोलेसन वार्ड तयार गरिए पनि चिकित्सकहरुले भर्ना लिन मानेका थिएनन् ।सञ्चारमाध्यमको चौतर्फी दबाबपछि बिरामीलाई भर्ना लिन प्रादेशिक अस्पताल बुटवल बाध्य भएको हो ।

प्रतिक्रिया दिनुहोस्