Logo

कोरोनाबाट इटालीमा ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो, २४ घण्टामै ६ सयको मृत्यु !

इटालीमा कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । कोरोनासँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म इटालीमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ४ हजार ३२ पुगेकाे छ ।

 


इटालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या ४७ हजारभन्दा बढी पुगेकाे छ । तीमध्ये ५ हजार १२९ जना भने पूर्ण रूपमा निकाे भएका छन् । अहिले ३७ हजार ८६० जना काेराेना संक्रमित छन् । संक्रमितमध्ये २ हजार ६५५ जना भने गम्भीर अवस्थामा छन् ।

This image has an empty alt attribute; its file name is 90563148_812497372559759_6806921391997190144_n-768x323.png

अहिलाे काेराेनाकाे संक्रमणबाट उद्गम स्थाल चीनमा भन्दा पनि बढी इटालीमा मरिसकेका छन् । पछिल्लाे २४ घण्टामै इटालीमा ६२७ जनाकाे मृत्यु भएकाे छ भने ५ हजार ९८६ जना नयाँ संक्रमित भेटिएका छन् । चीनमा भने अहिलेसम्म ३ हजार २४८ जनाकाे मृत्यु भएकाे छ ।

पछिल्लो केही दिनयता इटालीमा प्रत्येक दिन कोरोना भाइरसबाट ४ सयभन्दा बढीको मृत्यु हुने गरेको छ । इटालीमा बुधबार ४७५ को मृत्यु भएको थियाे भने ४ हजार २७० जना नयाँ संक्रमित भेटिएका थिए । बिहीबार ४२७ जनाकाे मृत्यु र ५ हजार ३२२ जना नयाँ संक्रमित भेटिएका थिए ।


चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १८५ देशमा फैलिएको छ । वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार काेराेना भाइरसकाे कारण अहिलेसम्म विश्वभर ११ हजार ३७६ जनाको मृत्यु भइसकेको छ । भने २ लाख ७५ हजार संक्रमित भएका छन् । ९० हजार ९४३ जना भने निकाे भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्