Logo

मकवानपुरे यि मनकारी घरधनी, जस्ले गरे तीन महिना घरभाडा नलिने घोषणा……(भिडियो सहित)

मकवानपुरको थाहा नगरपालिका स्थित चित्लाङ स्थायी घर भएका हरिहर लामिछानेले काठमाडौंको कलंकीमा भएको घरको चार वटा कोठामा बस्ने चार परिवारलाई तीन महिनाको कोठा भाडा नलिने घोषँणा गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले विश्वलाई नै आतंकित बनाएको बनाएको समयमा आफ्नो घरको कोठामा बसेर काठमाण्डौँमा विभिन्न ब्यवसाय गर्ने तथा अध्ययन गर्ने चार परिवारलाई घरभाडा नलिने घोषँणा गरेका हुन् । कोरोनाको कारण विद्यालय बन्द तथा भएको तथा दुखद परिस्थितीको समयमा उनले यस्तो घोषँणा गरेका हुन् ।

देश संकटमा परेका बेला कोठा भाडामा बस्नेहरुलाई भाडामात्र छुट दिंदा पनि केही राहत होस् भनेर यस्तो घोषँणा गरेको उनले बताए ।उनले दुखको बेलामा आफ्नो तर्फबाट गर्दा हुने सहयोग सबै नेपालीले गर्नुपर्ने धारणा समेत ब्यक्त गरेका छन् । उनको यो घोषँणलाई सामजिक सञ्जालमा निकै प्रशंसा गरिएको छ । उनलको घोषँणालाई सयौँ फेसबुक प्रयोगकर्ताले समेत सेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्