Logo

कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या झण्डै १२ हजार ! सेयर गरौ

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या झण्डै १२ हजार पुगेको छ । सङ्क्रमित २ लाख ८५ हजार ६ सय ६५ मध्ये अहिलेसम्म ११ हजार ८ सय ७५ जनाको ज्यान गएको छ । ९३ हजार ५ सय ८४ जना उपचारपछि घर फर्किएका छन्।

सबैभन्दा धेरै इटलीमा ४ हजार ३२ जनाको ज्यान गएको छ । इटलीमा सङ्क्रमित भएका ४७ हजार व्यक्तिमध्ये २६ सयको अवस्था गम्भीर रहेकाे छ भने ५ हजार १ सय २९ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार काेराेना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ ।

अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय २६, फ्रान्समा ४५०, अमेरिकामा २७६ जना, बेलायतमा १७७ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ । अहिलेसम्मा काेराेना भाइरसको सङ्क्रमण १ सय ८६ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्