Logo

मनकारी घरधनी जसले तीन महिनाको भाडा नलिने घोषणा गरे…….(सेयर गरौ)

कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले विश्वलाई नै आतंकित बनाएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि  सरकारले पनि विभिन्न पहल गरिरहेको छ ।

कोरोना सन्त्रासले सर्वसाधारण गाउँ फर्किरहेका छन् । तर, काठमाडौँका  एकजना मनकारी घरधनीले कोठा भाडामा बस्नेलाई तीन महिनाको भाडा छुट दिने घोषणा गरेका छन् । मकवानपुरको चित्लाङ स्थायी घर भएका हरिहर लामिछानेले काठमाडौंको कलंकीमा भएको घरको चार वटा कोठामा बस्ने चार परिवारलाई तीन महिनाको कोठा भाडा नलिने बताएका हुन् ।

उनले आफु पनि भाडामा बसेर दु:ख भोगेर आएको बताउदै  भने- ‘दुखको बेलामा मानवीय कर्तव्य पुरा गर्ने खोजेको मात्र हो । मैले कुनै प्रचारको लागि फेसबुकमा स्टाटस लेखेको होइन । छुट दिएर नै लेखेको हुँ ।’ उनले थपे,  “मैले लेखेपछि सबैले सेयर गरिदिए । यस्तो सन्त्रास फैलिएको बेलामा यो मानवीयताको लागि मात्र गरेको हो ।” उनले भने । उनले सहजरूपमा मास्क उपलब्ध भए ५ हजार थान मास्क बाड्ने योजना रहेको समेत बताए  ।

प्रतिक्रिया दिनुहोस्