Logo

वीरगञ्जका रुगंटामा कोरोना संक्रमण नभएको दोस्रो रिपोर्टमार्फत पुष्टि…..(भिडियो सहित)

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतको पटनास्थित अस्पतालमा भर्ना गरिएका वीरगञ्जका शिवकुमार रुगंटामा संक्रमण नदेखिएको दोस्रो रिपोर्टमार्फत पुष्टि भएको छ । यस अगाडि पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको भएपनि ल्याबको नतीजामा नेगेटिभ आएको पटना अस्पतालका चिकित्सकले जानकारी गराएको छ ।

यसैबीच, सीधाकुरा जनतासँग कार्यक्रममा कुराकानी गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पनि वीरगञ्जका व्यापारी शिवकुमार रुगंटामा कोरोना संक्रमणको पुष्टि हुन नसकेको बताउनुभएको थियो । पटना मेडिकल कलेज अस्पतालले आइतबार राति ९ : ३० बजे रुगंटाको परिवारलाई दिएको दोस्रो नमूना परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्